
म्याग्दी, जेठ १४ — राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम ऐतिहासिक पालिका अधिवेशन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ पालिका समिति चयन गरेको जनाएको छ।

नवनिर्वाचित पालिका समितिको सभापतिमा डम्मर बहादुर पाण्डे, उप-सभापतिमा प्रकाश पाईजा, सचिवमा दल बहादुर कार्की तथा सह-सचिवमा ईमा कुमारी शाही रकाल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा शान्त बहादुर पाईजा, दिल कुमारी थापा, हस्त बहादुर शेर्पुन्जा, लक्ष्मी खड्का भण्डारी तथा तुल बहादुर बिक चयन भएका छन्।
अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि ३ जना, प्रदेश अधिवेशन प्रतिनिधि १ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ जना समेत चयन गरेको जनाएको छ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।






