म्याग्दीमा जनप्रतिनिधि जुवाखालबाट पक्राउ
काेराेला पोस्ट ३ श्रावण २०८३, आइतबार

म्याग्दी, ३ साउन । बेनीमा जनप्रतिनिधि जुवाखालबाट पक्राउ परेका छन् । बेनी नगरपालिका ८ का वडासदस्य एवम् नेपाली कांग्रेस म्याग्दीका जिल्ला सचिव समेत रहेका हिरा बहादुर पुन जुवाखालबाट पक्राउ परेका हुन् । आफ्नै घरमा जुवाको अड्डा जमाउदै आएका पुनसहित १७ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले शनिबार पक्राउ गरेको हो ।

उनीहरुको साथमा दुईलाख ९१ हजार १५ रुपैया नगदसहित उनीहरुलाई नियन्त्रण लिएको सूचना अधिकारी प्रहरी निरिक्षक सागर तिमिलसिनाले जानकारी दिए ।

रकम हारजीत हुनेगरि तास खेल्ने खेलाउने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा वडासदस्य पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रक्राउ परेकाहरुलाई आवश्यक कारबाही र अनुसन्धान अघि बढाईएको छ ।पक्राउ परेका घरबेटी पुन प्रहरीको रेकडमा सोही मुद्धाका पटके हुन् ।

यसैविच प्रहरीले साउन १ गते बेनी नगरपालिका १० वाखेतमा जुवा खेलिरहेका जनप्रतिनिधि सहित ७ जनालाई प्रक्राउ गरेको थियो । सोही वडाका वडासदस्य बेगम पाईजासहित ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद रु ५२ हजार ८१० रुपैयाँ सहित प्रक्राउ गरेको थियो ।