पोखरामा ट्याक्सीसँग स्कुटर ठोकिँदा म्याग्दीका किशोरको मृत्यु
काेराेला पोस्ट १५ श्रावण २०८३, शुक्रबार

साउन १५, २०८३ ।

कास्कीको पोखरा महानगरपालिका-१४ अनुपम टोलमा आज (शुक्रबार) बिहान ट्याक्सी र स्कुटर ठोकिँदा किशोरको मृत्यु भएको छ।

प्रहरीका अनुसार ग.१ ज ९९३ नम्बरको ट्याक्सी र ग.१५ प ५०५ नम्बरको स्कुटर आपसमा ठक्कर खाएका हुन्।

दुर्घटनामा पोखरा महानगरपालिकाकै वडा नम्बर २६ विजयपुर बस्ने म्याग्दी रंघुगंगा गाउँपालिका-२ साझपानी घर भएका १७ वर्षीय संयोग भण्डारीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा जीएमसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर (पठाअेा ) र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फोटो : AI generated