सुन सफा गर्ने भन्दै गहनाको तौल घटाएर ठगी गरेको आरोपमा ४ भारतीय पक्राउ
काेराेला पोस्ट ५ भदौ २०८३, शुक्रबार

म्याग्दीको मालिका गाउँपालिका–६, मा सुन सफा गर्ने भन्दै विभिन्न केमिकल प्रयोग गरी गहनाको तौल घटाएर ठगी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिहारका विक्रम कुमार, सञ्जीत कुमार, राजकुमार साह र सन्नी कुमार दास रहेका छन्। उनीहरूविरुद्ध ठगी मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

फोटो : AI Generated Image