पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा गण्डकी प्रदेश सांसद रेशम जुग्जाली (सुविन)
काेराेला पोस्ट १८ कार्तिक २०८३, मंगलबार

पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा सांसद जुग्जाली गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले २०८३ कात्तिक १६ गतेका दिन म्याग्दीको मंगला गाउँपालिका ३ को विभिन्न ठाउँमा मनसुनजन्य विपद्बाट क्षति पुगेका निजी आवास र सार्वजनिक भौतिक संरचनाहरुको निरिक्षण एवम् प्रभावितहरुसँग भेटघाट गर्नुभएको छ ।

मंगला गाउँपालिका ३ का कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनले विपद्बाट वडामा पुगेको क्षति र भएका पहलको विषयमा जानकारी गराउनु भएको थियो । निरिक्षणका क्रममा बरंजा निवासी संविधानसभा सदस्य तथा नेपाली कम्युनिष्ट पाटीका नेता गमबहादुर श्रीस, टेकबहादुर बिक, मोहनलाल सापकोटा, मोहनलाल कडेल लगायत पनि सहभागि हुनुभएको थियो ।

मंगला गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने महेश र धापुंग, बुकेनी लगायत अन्य ठाउँमा भएको क्षतिको निरिक्षण गर्ने कार्य समय अभावका कारण आज हुन नसकेको र छ्ट्टिै त्यहाँ पुगिने सांसद जुग्जालीले बताउनुभयो ।