कांग्रेस नेतृ गौचनद्धारा प्रेस युनियन म्याग्दीलाई सहयोग
काेराेला पोस्ट ९ जेष्ठ २०७९, सोमबार


म्याग्दी,९ जेठ । नेपाली कांग्रेस म्याग्दीकी नेतृ तथा होटेल व्यवसायी बिमला गौचनले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गरेकी छन् । सोमबार एक कार्यक्रमका विच गौचनले आफ्ना श्रीमान स्वर्गिय राम गौचनको सम्झनामा प्रेस युनियनको अक्षयकोषलाई एक लाख रुपैयाँ सहयोग गरेकी हुन् ।

उक्त रकम गौचनले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा ,केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियन म्याग्दीका उपाध्यक्ष धनिलाल गर्बुजालाई हस्तान्तरण गरिन् । म्याग्दीमा क्रियाशिल पत्रकारहरुको आपतकालिन सहयोगको लागि निर्माण गरिएको पाँच लाखको अक्षयकोषलाई हालसम्म करिब साढे दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको सचिव राम्जालीले जानकारी दिए ।