बियर तथा रक्सीका सिसाको बोतलले वातावरणमा बढ्दै प्रदुषण
काेराेला पोस्ट १३ असार २०८३, शनिबार

म्याग्दी, १३ असार । गाउँ र पर्यटकीय स्थलहरुमा जथाभावी फालिएका बियर तथा रक्सीका सिसाको बोतलले वातावरणीय प्रदूषण बढाएको छ । सडक सुविधा विस्तारसंगै शहर र गाउँका बाटो, चौतारी, विभिन्न पर्यटकिय गन्तव्य, खोला, नदिका आसपासमा जथभावी धेरै बियर र रक्सीका बोतलहरू जथाभावी फालिएका भेटिन्छन् ।

पर्यटकीयस्थलका होटल, विभिन्न पर्वमा लगाउने मेलापर्वमा मदिराको प्रयोग गरिसकेपछि फालिएका सिसाहरू प्रयोगमा ल्याउन साँचो नदिदाँ पहाडका सार्वजनिक स्थानमा थुप्रिएका छन् । बियर र रक्सीले मानवीय स्वास्थ्य बिगारिराखेको छ भने सिसाका बोतलले वातावररणीय स्वास्थ्यलाई हानी गरिरहेको देखिन्छ ।

विभिन्न कम्पनीका साना बियर गाउँ गाउँमा पुगेका छन् । सडकले गाउँमा सुविधामात्र लगेको छैन् । कार्टुनका कार्टुन गाउँ पुगेका रक्सी, बियर तथा अन्य पेय पदार्थका बोतल गाउँमा थुप्रिएका छन् । कतै फुटाइएका छन् त कतै खोल्सा र खोलामा फालिएका छन् ।

उत्पादक कम्पनीले पेय पदार्थ प्रयोग भएपछि सिसाका बोतल फिर्ता लैजाँदैनन् । ‘उत्पादक कम्पनीले नै सिसाजन्य फोहोर व्यवस्थापन गर्नु पर्ने हो त्यो देखिँदैन । पहाडका सुन्दर ठाउँहरूमा पनि जाताततै सिसाका बोतल भेन्टिन्छन् । सुन्दर बातावरण विगारी राखेको देखिन्छ । संकनल गरेर लैजाने पनि छैनन । म्याग्दीका गाउँ गाउँ र पर्यटकीयस्थलमा सिसाका बोतल थुप्रिएका छन । बोतल संकलन र व्यवस्थापनमा पनि ध्यान गएको देखिँदैन ।

उत्पादकले फिर्ता नलाने, संकलन पनि नुहने र व्यापारीहरूले व्यवस्थापन गर्ने भन्दापनि जतासुकै फालिदिने गरेका छन् । फोहोर मैला व्यवस्थापन ऐन–२०६८ले फोहोर व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । तर स्थानिय सरकारको यस तर्फ ध्यान गएको देखिँदैन । उक्त ऐनले फोहोर मैला व्यवस्थापनको जिम्मा उत्पादकको हुने भनेर पनि लेखको छ । तर त्यसको कार्यान्वय भएको देखिँदैन । ऐनमा ‘हानीकारक फोहोरमैला, स्वास्थ्य सस्थाजन्य फोहोरमैला, रसायनिक फाहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधिनमा रही त्यस्तो फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकायकै हुने लेखिएको छ ।’ तर न स्थानीय सरकारको ध्यान गएको छ न कानुनको पालना नै ।