
बेनी, २३ जेठ ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको शनिबार बेनीमा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको सभापतित्वमा कार्यसमिति चयन भएको छ ।
सर्बसम्मत रुपमा चयन भएको कार्यसमितिको उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हिराबहादुर बोगटी (सुरत) रहनुभएको छ । गत प्रतिनिधीसभा सदस्य निर्वाचनमा रास्वपाबाट उमेद्वार बनेर स्वतन्त्र उमेद्वार महाविर पुनलाई सघाउने घोषणा गर्दै उमेद्वारी फिर्ता लिएका रोका यसअघिको कार्यसमितिमा पनि सभापति हुनुहुन्थ्यो ।

सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री सदस्यमा चयन हुनुभएको नवनिर्वाचित सचिव शर्माले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गर्नुहुदै रास्वपाका गण्डकी प्रदेश सभापति समेत रहेका प्रतिनिधीसभा सदस्य राजन गौतमले शुसासन र सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन वर्तमान सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

“विकास र शुसासनका बाधक विद्यमान ऐन, कानुनहरु संसोधनका लागि सरकारले गृहकार्य गरिरहेको छ,” उहाँले भन्नुभयो “शुसासनयुक्त देश निर्माण भएपछि जनताको अपेक्षा पुरा हुनेछ् ।” अधिवेशनमा बेनी नगरपालिका–२ का एमालेबाट निर्वाचित पुर्व वडा अध्यक्ष हिराबहादुर थापा लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरु रास्वपामा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई प्रदेश सभापति गौतम, रास्वपाका नेता मोहनजंग थापा लगायतले स्वागत गर्नुभएको थियो ।

सरोज बानियाले सञ्चालन गर्नुभएको कार्यक्रममा दिपक श्रेष्ठ, राजाराम बरुवाल, दिलबहादुर बोसेल लगायत नेताहरुले म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउन कार्यक्रममा उपस्थित भएका रास्वपाका केन्द्रिय नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए भने नेपाली काँग्रेसका जिल्ला सचिव हिराबहादुर पुनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।






