राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीद्वारा बेनी–७ मा प्रथम वडा अधिवेशन सम्पन्न
काेराेला पोस्ट ५ जेष्ठ २०८३, मंगलबार

सुदिप खत्री, म्याग्दी, जेठ ५ — राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दी अन्तर्गत बेनी नगरपालिका वडा नं. ७ को प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ वडा समिति तथा विभिन्न विभागका जिम्मेवार पदाधिकारी चयन गरेको जनाएको छ।

नवनिर्वाचित वडा समितिको सभापतिमा भेष बहादुर बानियाँ, उप-सभापतिमा पुर्णिमा किसान र सचिवमा रिता थापा चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा हरिकृष्ण के.सी., हस्त बहादुर पुन, ईन्द्र खत्री र सुनिता सार्की चयन हुनुभएको छ।

संगठन विभाग प्रमुखमा भुमिराज के.सी. चयन हुनुभएको छ भने RAT (Rapid Action Team) प्रमुखमा संजिव पौडेल तथा सदस्यमा कीरण जी.सी. चयन हुनुभएको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले जिल्लाका विभिन्न वडा कार्यालयमा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। जेठ महिनाभित्र जिल्लाका ४५ वटै वडामा अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको बताइएको छ।

जिल्ला सभापति युवराज रोका ले जिल्लाका ६ वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न गर्न टोली परिचालन गरिएको जानकारी दिनुभयो।

“निर्वाचनपछिको अवस्थाको समीक्षासँगै वडा अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ। वडा अधिवेशनमार्फत स्थानीय समस्या पनि संकलन गरी केन्द्रसम्म पुर्‍याउँछौँ,” सभापति रोकाले भन्नुभयो।