धौलागिरि हिमाल कहाँ पर्छ म्याग्दीमा, सुरक्षित ‘चक्रीय पदमार्ग’ कहिले बन्छ थाहा छैन् !
काेराेला पोस्ट ३० बैशाख २०८३, बुधबार

६६ बर्षको अवधीमा सातसय जनाभन्दा बढी धौलागिरि हिमाल आरोहण

म्याग्दी, ३० वैशाख । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाल कहाँ पर्छ, म्याग्दीको धवलागिरी गाउँपालिका मुदीमा। धौलागिरि हिमालको आम्दानी बार्षिक कति हुन्छ, पर्यटक पदयात्रामार्फत कति आउछन्, थाहाँ छ्रैन् ।

धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्ग गुरुयोजना अनुसार पूर्णता पाउन सकेको छ्रैन् । घुम्न आउने पर्यटकलाई चाहिने पर्यटन पुर्वाधार प्रयाप्त नबन्दा हिमालको फाईदा सक्रिय पदमार्गमा बसोबास गर्ने स्थानीयले लिन सकेका छ्र्रैनन् ।

चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायी चासो छ । पर्यटन ब्यवसायी यस क्षेत्रमा गर्न ईच्छुक छन्, लगानी सुरक्षित हुने आधार खोजेका छन् । पदयात्रामा पर्यटकलाई चाहिने सेवासुविधा बढाउन राज्यको चासो गुरुयोजना अनुसार छ्रैन् ।

म्याग्दीको दरवाङ, मुदी, बगर, दोभान हुदै धवलागिरी आधार शिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रीय पदमार्गको भ्रमण र धौलागिरि हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या न्युन छ । पदमार्ग, पुल, आवास, खानेपानी, साईबोर्ड र सञ्चार सुविधा विस्तार ब्यवस्थित छैन् । जसले गर्दा बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ ।

वर्षमा करिब २०० पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् । आरोहीहरु हेलिकप्टरबाट सिधै आधार शिविर पुग्ने र फर्कने हुँदा पदमार्गमा पर्ने गाउँलेले लाभ लिन पाएका छैनन् । भिर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनेपनि आम्दानी बढाउने किसिमले सुरक्षित पूर्वाधार निर्माण हुन सकेका छ्रैनन् ।

मनोरम हिमशृङ्लासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजीकै देखिने झारल, प्राकृतिक तातोपानी कुण्ड, भिरमह शिकार, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य, गाउँले जीवनशैली, घुम्ती गोठ धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हुन् ।

पर्यटन विभागका अनुसार यस वसन्तयाममा धौलागिरि आरोहणको अनुमति लिएकाबाट रु एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । ६६ बर्षको अवधीमा सातसय जना भन्दा बढीले धौलागिरि हिमाल आरोहण गरेका छन् ।

सन् १९६० मे १३ मा पहिलोपटक अस्ट्रियाका कुर्ट डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए । ६६ बर्ष पुगेको अवसरमा धौलागिरी आरोहरण दिवस २०२६ मे १३ मा मुदीमा मनाईएको छ।