छ महिनाअघिनै सम्पन्न भयो तनहुँको ‘बाराही रानीमार्ग’ को कालोपत्रे योजना
काेराेला पोस्ट ५ कार्तिक २०८०, आइतबार

धीरन खत्री
म्याग्दी ५ कात्तिक । तनहुँको ब्यास नगपालिकास्थित बाराही रानीमार्ग कालोपत्रे योजना ६ महिना अघिनै सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालय तनुहँबाट अघि बढाईएको योजना मंगला देवी सुवास कन्ट्रक्सन प्रालीले ६ महिना अघिनै असोजमा एक हजार सात सय मिटर कालोपत्र्रे योजना सम्पन्न गरेको हो ।

२० बर्ष अघि ट्र्याक खोलिएको बाराही रानीमार्ग सडक कालोपत्रे गरेपछि त्यस क्षेत्रमा हिउँदमा धुलो उड्ने र बर्खायाममा हिलो हुने विगतको समस्या हटेको छ । पूर्वाधार विकास कार्यालयले चालू आर्थिक बर्षको फागुन ११ गते सम्पन्न गर्ने सम्झौतासहित ४ करोड ४१ लाख ५० हजार ६०८ रुपैयाँमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीलसंग २०७९ फागुन ११ गते सम्झौता गरेको थियो ।

काम सम्पन्न गर्नुपर्ने सम्झौता मिति भन्दा ६ महिना अघिनै कालोपत्रे योजना सम्पन्न गरेको प्रालीका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताउनुभयो । उहाँले दुईकिलोमिटर सडक अन्तरगत एक हजार सातसय मिटर कालोपत्रे र अन्य क्षेत्रमा ढलान लगायतको काम सम्पन्न गरेको जानकारी दिनुभयो ।

ठेक्का सम्झौता लगत्तै योजना स्थलमा उपकरण र आवश्यक मजदुर परिचालन गरेर साँघुरो सडकलाई फराकिलो बनाउने, सडक तल माथि ग्याविङसहित पर्खाल, नाली लगायतको कामलाई तीव्र गतिमा सम्पन्न गरिएको थियो ।

पूर्वाधार विकास कार्यालय तनहुँकी ईन्जिनियर धनमाया मिश्रले सानासाना मर्मतको कामबाहेक निर्माण कम्पन्नीले बाराही रानीमार्गको कालापत्र्रे गर्ने काम सम्पन्न गरेको बताउनुभयो । उहाँले योजनाको अनुगमन गरेर काम सम्पन्न भएको प्रमाणपत्र र भुक्तानी दिन कार्यालयबाट बाँकी रहेको उल्लेख गर्नुभयो ।