पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा सांसद जुग्जाली गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन)ले २०८३ कात्तिक १६ गतेका दिन म्याग्दीको मंगला गाउँपालिका ३ को विभिन्न ठाउँमा मनसुनजन्य विपद्बाट क्षति पुगेका निजी आवास र सार्वजनिक भौतिक संरचनाहरुको निरिक्षण एवम् प्रभावितहरुसँग भेटघाट गर्नुभएको छ ।

मंगला गाउँपालिका ३ का कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनले विपद्बाट वडामा पुगेको क्षति र भएका पहलको विषयमा जानकारी गराउनु भएको थियो । निरिक्षणका क्रममा बरंजा निवासी संविधानसभा सदस्य तथा नेपाली कम्युनिष्ट पाटीका नेता गमबहादुर श्रीस, टेकबहादुर बिक, मोहनलाल सापकोटा, मोहनलाल कडेल लगायत पनि सहभागि हुनुभएको थियो ।

मंगला गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने महेश र धापुंग, बुकेनी लगायत अन्य ठाउँमा भएको क्षतिको निरिक्षण गर्ने कार्य समय अभावका कारण आज हुन नसकेको र छ्ट्टिै त्यहाँ पुगिने सांसद जुग्जालीले बताउनुभयो ।






