गाँजा खेती र घरेलु मदिरालाई खुला गर्नुपर्ने माग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता 
काेराेला पोस्ट १ भदौ २०८३, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् । गण्डकीका समग्र समस्याबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

खासगरी गाँजा खेती र घरेलु मदिरालाई खुला गर्नुपर्ने माग पाण्डेले अघि सारे । ‘हाम्रो आफ्नै मौलिक प्रविधिबाट बन्ने स्थानीय मदिरालाई कानुनी रूपमा ब्रान्डिङ र व्यावसायिक रूपमा उत्पादन गर्न सके यसले प्रदेशको अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याउनेछ ।

घरेलु मदिराको अन्तः शुल्क र उद्योग दर्ताका विषयमा संघ सरकारले सहजीकरण गरिदिनुपर्ने पाण्डेले बताए । प्रदेश सरकारले घरेलु मदिराको ऐन र नियमावली जारी गरिसकेको छ । अब कार्यविधि बनेपछि कार्यान्वयनमा जान्छ ।