म्याग्दी , २२ फागुन । म्याग्दीमा स्वतन्त्र उम्मेदवार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले निरन्तर अग्रता कायम राख्ुनभएको छ। बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा जारी मतगणनामा जिल्लाको तीन पालिकाको मतगणनामा पुनले अग्रता कायम रहेको हो ।
जिल्लाको धवलागिरी, मालिका र मंगला गाउँपालिकाको मतगणना सकिँदा पुनले ९ हजार ८८८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ३ हजार ६५६ मत ल्याउनुभएको छ । त्यसैगरी नेकपाका अर्जुन थापाले २ हजार ३०६ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले २ हजार ३२९ मत प्राप्त गर्नुभएको छ । बेनी नगरपालिकाको १ वडाको मतगणना सम्पन्न प्रश्चात प्राप्त मत हो । मतगणना भईरहेको छ।
बेनी नगरपालिकासहित रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको मतगणना गर्न बाँकी छ । शनिबार दिउँसोसम्म मतगणना सक्ने गरी धमाधम मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको छ ।




