चुनावी गठबन्धनले लोकतन्त्र बलियो बन्दैन्
काेराेला पोस्ट २५ पुस २०८२, शुक्रबार

जनताको चाहनाअनुसार काम गर्न निर्माण गरिएका तीन तहको संरचनामा लोकतन्त्रलाई बलियो बनाउने भन्दापनि केही स्वार्थ समुहका नेतालाई नेतृत्वमा पु¥याउने गतिविधि बढी भयो । जनताको भावना विपरित हुने राजनीतिले गाउँगाउँमा सडक, शिक्षा र स्वास्थ्यका भौतिक संरचना पक्की पुगेपनि जनता विस्थापित हुने क्रम र पुर्खाले सिर्जना गरेका मौलिक सिपहरु लोप हुनेक्रम बढेको छ।

जनतालाई दैनिक आम्दानीको स्रोतमा निरन्तरताको सुनिश्चितता, उत्पादित बस्तुको बजार ब्यवस्था र सेवासुविधामा सहज पहुँच लगायतको ब्यवहारिक रुपमा चाहेको छ। बाटो फराकिलो, कालोपत्रे, शिक्षा र स्वास्थ्यको संरचना पक्की र घरघरमा पक्की धारा पुगेपनि किन जनता खुशी छ्रैनन् ।

आजको आवश्यकता भनेको अर्थतन्त्रमा बलियो मूलुक, खाद्यान्नमा आत्मनिर्भर र रोजगारीको ब्यवस्था, दक्ष युवाको क्षमतामा राज्यको विश्वास जनताले चाहेको छ । नीरन्तर यस्तै आश्वासन देखाएर राजनीतिक नेतृत्वमा बस्नेले नबुझेपछि समयअनुसार विद्रोह भएको देखिन्छ ।

प्रतिनिधि सभाको निर्वाचनको सरगर्मी बढेको छ। माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमालेले गठबन्धन गरे । एक्लाएक्लै चुनाव लडे कांग्रेसले १५ सिट जित्ने पक्का थियो । यता, एमालेले ३ सिट जित्ने थियो । मिलेर भागभण्डा गरेर अघि बढे । नेकपासँग कुनै सिट हुने छैन । कांग्रेसलाई डर के छ भने राष्ट्रिय सभामा एक्लै चुनाव लड्दा एमाले र नेकपा मिल्न सक्छन् र यो गठबन्धन प्रतिनिधिसभाको चुनावसम्म जानसक्छ भन्ने डर छ ।

कांग्रेस र एमाले फागुन २१ मा घोषणा गरिएको निर्वाचनमा पनि गठबन्धन गर्न चाहन्छन् । गठबन्धनको यो पहिलो आधार मानेका छन् ।

विकल्प दिन आएका वैकल्पिकहरूको पनि अनुहारमात्र नयाँ तर जनतालाई देश र जनतालाई बलियो बनाउने कुनै नीति र एजेन्डा बहस भएको देखिन्न्, पुराना दलमा आगामी सत्ताबाट बाहिरिदाँ नेताका भष्ट्रचारका काण्डहरु बाहिरिने डर छ। जसरी पनि जित्ने र जसरी पनि हराउने अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । युवापंक्ति पुराना दलका भन्दा नयाँ दलले योग्यपात्र उठाएमा मत दिने सोच बनाएको देखिन्छ ।

राजनीतिको साध्य नेताले चुनाव जित्नु र पद जोगाउन मात्र होईन् होला । जनताको चाहनाप्रति नैतिकता देखाएर काम गर्नुपर्ने वातावरण तयार गर्न जनतामै राजनीति चेतना जाग्नुपर्छ । फागुन २१ गते जनताले आफ्ना सन्तानको भविष्यलाई सोचेर मत दिनुपर्ने देखिन्छ । जनयुद्धले जन्माएको गणतन्त्रको फुलबारीमा बालेन प्रधानमन्त्री बन्नुपर्छ । हर्कको श्रमसंस्कृतिलाई देशब्यापी लागु गर्नुपर्छ ।