म्याग्दी, १९ असोज। चाडपर्व, झरीबादल, हिमपात जस्तो अवस्थामा पनि भेडाबाख्राको साथमा रहेर जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका जगत भण्डारी । उहाँको दैनिकी भेडाबाख्रा गोठमा वित्छ ।
भण्डारीले ५८ बर्षदेखि भेडाबाख्रा पाल्दै आएका छन् । भण्डारीको पुर्खौली पेसालाई छोरा गोपाल भण्डारीले निरन्तरतामा साथ दिएका छन् । उहाँको गोठमा तीनसयभन्दा बढी भेडाबाख्रा छन् ।
२०२३ सालबाट ६० वटा भेडा किनेर ब्यवासायिक भेडाबाख्रा पालनको गरेको थिए । घाँस भएको जंगल र भिरपाखा, हिउँदमा बेशीका फाँट र बर्खामा हिमालको काँखका भेडा चराउन लानुपर्ने जगत भण्डारीको दैनिकी छ ।
रात वा दिनमा भेडा गोठालो र भेडाबाख्रालाई जोगाउने जिम्मा कुकुरको हुन्छ । सुतेपनि चरन क्षेत्र वा गोठ वरीपरि आउने बस्तुहरु कुकुरले गन्धले थाहा पाएर भुकेर सुरक्षा दिने गर्छन ।
भेडाबाख्रा पाल्दा दुख बढी हुन्छ, खाजा खाना समयमै हुदैन, बर्षभरिको दुख केही सिजनमा भेडाको साड,खशी र बोका बेचेर हुने आम्दानीले भुलाउने गर्छ ।
भकारी र त्रिपालले छाएको गोठमा बस्नेका लागि घरबाट आफन्तले खाद्यान्न पु¥याइदिन्छन् । उहाँको गोठ हिमालको फेदिबाट झँर्दै रुईसै–भेडिओढार क्षेत्रमा आईसकेको छ ।




