नवौं राष्ट्रिय महिला भलिवलमा बागमतिलाई पराजित गर्दै एपीएफ फाईनलमा
काेराेला पोस्ट १ कार्तिक २०७९, मंगलबार


म्याग्दी, १ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिवलमा एपीएफ फाईनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको सेमिफाइनलमाएपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
बागमतिले एपीएफ माथि पहिलो सेटमा २५– २३ को जित निकालेको थियो । दोस्रो, तेस्रो र चौथो सेट एपीएफले २५–२३, २५–२२, २५–१६ मा बागमति माथि जित निकाल्दै फाईनल यात्रा तय गरेको थियो ।

भलिवलप्रेमी दर्शकको भिडमा भएको फाईनलमा एपीएफसंगै बागमति प्रदेशकी प्रतिभा मालिले उतकृष्ट खेल प्रस्तुत गरेकी थिईन । प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी निरुता थकुन्ना बनेकी थिईन ।

एपीएफसंग फाईनलमा भिड्नका लागि आज दिउँस २ बजे सेमिफाईनलमा नेपाल पुलिस क्लव र गण्डकी प्रदेश विच प्रतिस्पर्धा हुने छ ।