काठमाडौं– सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टचारसम्बन्धी अवस्थाका बारेमा सार्वजनिक गरेको प्रतिवेदनलाई मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै अस्वीकार गरेको छ।
आइतबार गएको मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले नै यो प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने देखिएको बताए।




