प्रहरी चेकजाँचका क्रममा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता
काेराेला पोस्ट १७ चैत्र २०८२, मंगलबार

पर्वत बाट बागलुङ तर्फ आउन लागेको टिपर सोमबार साँझ प्रहरी चेकजाँचका क्रममा एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्।

जलजला–८ का २५ वर्षीय विशाल विक पर्वत बाट बागलुङ तर्फ बालुवा बोकेर आएको ट्रक (ग१क ५२४४) मा सवार रहेको अवस्थामा प्रहरीलाई देखेपछि भाग्दै नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालक फरार छन् भने विकका आफन्तले प्रहरीको लखेटाइका कारण हाम फाल्न बाध्य बनाइएको आरोप लगाउँदै सडक अवरुद्ध गरेका छन्।हाल प्रहरी टोलीले बेपत्ता विकको तीव्र रूपमा खोजी कार्य जारी राखेको छ।