सिप विकास योजना बनाएर बजेट विनियोजन गर्न पालिकालाई आग्रह
काेराेला पोस्ट २ चैत्र २०८२, सोमबार

म्याग्दी, २ चैत । प्रतिनिधि सभा सदस्य महावीर पुनले म्याग्दीका सबै स्थानीय तहमा पुगेर प्राथमिकताका योजनाहरुहरुबारे जनप्रतिनिधिसंग छलफल गर्नुभएको छ। पुनले बेनी नगरपालिकाका साथै मंगला, मालिका र धवलागिरी गाउँपालिकाका जनप्रतिनिधिसंग पालिकाको प्राथमिकता र गौरवका योजनाहरुबारे छलफल गरिसक्नुभएको छ। मंगलवार रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा अन्र्तक्रिया गर्नु हुनेछ ।

उहाँले स्थानीय तहलाई पूर्वाधार भन्दापनि जनताको जीवनस्तर उकास्ने सिप विकासतर्फ बढी बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । जनताको गाँस,बास र कपास सुरक्षित गर्न रोजगारी आवश्यक पर्छ, ठुल्ठुला गेट, भ्युटावर बनाउनतर्फ भन्दा आर्थिकस्तर उकास्ने सिप केन्द्रित योजनाहरु आगामी बजेट तथा नीतिमा समेटेर अघि बढ्न पालिकाका जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ।