म्याग्दी, २६ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा मिम पुर्जा सर्वसम्मत चयन भएका छन् । फागुन ५ गते बेनीमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नेदरल्याण्डमा बसोबास गर्दै आएका पुर्जाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
महाधिवेशनबाट कार्यकारी समितिको उपाध्यक्षमा क्रमशः किसान जिसी (युके), राम खड्का र दीपक केसी (जापान), ई. नन्द गर्बुजा (युएई), हरि रामजाली (अस्ट्रेलिया), चयन भएका छन् । कार्यसमितिको महासचिवमा सुवास राम्जाली मगर (युएई) बाट र कोषाध्यक्षमा नरेन्द्र फगामी (कतार) चयन छन् ।
त्यसैगरी सचिवमा दीपु मगर (पोर्चुगल), सुवास दूतराज (क्यानडा), स्तुति सुवेदी (युके), सह–कोषाध्यक्ष पूर्ण रोका (मलेसिया), युवा संयोजक प्रेम सुवेदी (अमेरिका), महिला संयोजक नैना पुन (बेल्जियम) रहेका छन् ।




