म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी
काेराेला पोस्ट २३ फाल्गुन २०८२, शनिबार

म्याग्दी २३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुन भारी मतान्तरले विजयी हुनुभएको छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले निकटतम प्रतिस्पर्धी भन्दा तेब्बर बढी मत अन्तरले विजयी हुनु भएको हो । पुनले मत २२ हजार ८५० मत ल्याएर विजयी हुनु भएको बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ .हजार ९१९, नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६७६, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाउनु भएको छ । मुख्य निर्वाचन अधिकृत सूर्य बहादुर थापाले निर्वाचित प्रमाणपत्र पुनलाई प्रदान गरेको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो ।