मोना अन्तराष्ट्रिय कार्यकारी समितिको महासचिवमा सुवास राम्जाली
काेराेला पोस्ट २२ फाल्गुन २०८२, शुक्रबार

फागुन २२, म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको महासचिवमा सुवास राम्जाली सर्वसम्मत चयन हुनुभएको छ । फागनु ५ गते बेनीमा सम्पन्न छैटौ अन्तराष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत राम्जाली महासचिवमा चयन हुनुभएको हो ।

मोना राष्ट्रिय कार्यसमिति यूएईका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकारमा रहेर संस्थालाई योगदान दिदै आउनुभएको थियो । महाधिवेशनबाट मोना नेदरल्याण्डमा बसोबास गर्ने मिम पुर्जाको नेतृत्वमा अन्तराष्ट्रिय कार्यकारी समिति चयन गरिएको थियो ।