म्याग्दी, ८ फागुन । नेता भएर भाषण गर्न सजिलो हुन्छ, जनताको विचमा बोलेका र लेखेका प्रतिवद्धतालाई कार्यान्वयनमा परिणत गर्न ग्राहो हुन्छ । जनतामाझँ राखेका प्रतिवद्धता समयमै पुरा गर्न नसक्दा राजनीतिक दलका उम्मेद्वारको उत्तर ‘मौन’ र सुन्ने मात्र छ ।
जनताको मत आकर्षित गर्न भूगोल, जनताको आधारभूत आवश्यकता र स्रोतसाधनको मूल्याकंन नगरी आकस्मीक रुपमा प्रतिवद्धतामा राखेको एजेण्डा ‘गाउँमै युवालाई रोजगारीको सिर्जना गर्न उद्योग स्थापना गर्छौ’ भन्ने प्रतिबद्धता अधुरा छन् ।
गाउँमा सडक लगायतको पूर्वाधारमा विकास भएको छ। नभएको पनि भन्न मिल्दैन् । तर, गाउँमा पुगेको विकास पूर्वाधारहरुलाई प्रयोग गर्ने युवाहरु पलायन बढ्नुको मूख्य कारण रोजगारीनै हो ।
गाउँमा सुविधा र रोजगारी प्राप्त भएपनि केही कुरा सिक्नका लागि विदेश पनि जान आवश्यक छ । सिकेपछि गाउँ फर्केर लगानी सुरक्षित र समस्यापर्दा राज्य साथमा छ भन्ने विश्वासको वातावरण आजको आवश्यकता हो ।
पुर्खाहरुले सुविधा उपयोग गर्न नपाएपनि स्थानीयस्रोधनलाई बढी प्रयोग गरेर आत्मनिर्भर थिए । अहिल्य घर नजिक सडक छ,इन्टरनेट सुविधा छ, तर प्रयोग गर्ने युवा पूस्ता छैन् । गाउँको उत्पादन निर्यात हुनेभन्दा बढी खाद्यान्न आयाता हुने बढी छ ।
मतदाताको सामान्य माग यथावत, राजनीतिक दलका उम्मेद्वारको प्रतिवद्धता ठुला हुदाँ जनताले सहजै विश्वास गरेको देखिदैन् । उम्मेद्वारप्रति मतदाताले हेरौला, विचार गरौला, आश गर्नुस भर नपर्नुस जस्ता उत्तर दिईरहेको सामाजिक संजालमा राखिएको भिडियोमा देखिन्छ ।
भाषणलाई ब्यवहारमा परिणत गर्न गाह्रो हुन्छ । बोल्दा विचार पु¥याउनपर्छ। एकचोटी जीतेपछि अर्कोचोटी फेरी उठ्ने शाहस म्याग्दीमा विगतका निर्वाचनमा जितेको प्रतिनिधि र प्रदेश सांसदले गरेको देखिदैन् ।
विगतमा सत्तामा पुगेका नेताले जनताको सामान्य मागलाई ध्यान नदिएको गुनासा बढी छन् । भोट दिएर पठाएका नेताले हाम्रो समस्या बुझ्दैनन् । उनीहरुलाई जिताएर पठाउने मात्रै भयौँ, पहिले–पहिले घरको काम छोडेर पनि नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यहीँ रह्यो, अहिले त किसानका काम गर्नेलाई मात्रै मत दिने हो ।’
युवा र माटोको महत्व, मेहनत र उत्पादनबाट आम्दानी गर्ने वातावरण तयार गर्न तीन तहको सरकारको समन्वय मिलाउन प्रतिनिधिसभामा निर्वाचित सांसदले नीतिनियम र कानुन निर्माणमा ध्यान दिनुपर्छ ।


