बिहीबार ७ फागुन । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका डा. महावीर पुनलाई मतदाताले चुनाव खर्चका लागि पैसा दिएका छन्। मत माग्न म्याग्दीको गाउँ– गाउँमा पुगेका पुनलाई सम्मानका साथै मतदाताले चुनाव खर्च भन्दै पैसा दिएको भिडियो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
स्वदेश तथा विदेशबाट आर्थिक संकलन गर्दै चुनावी खर्चका रुपमा मतदाताले गाउँमा पुगेको बेला दिए छन् । विगतमा निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारले क्लव, आमासमूह लगायतलाई पैसा बाँडेर भोट माग्ने चलन थियो भन्ने भ्रमलाई उम्मेद्वार जनताको चाहना अनुसार भएमा जनताले नै खर्च जुटाईदिने रहिछन् भन्ने उदाहरण मतदाताले महावीरप्रति देखाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – भोट माग्न गाउँ गाउँ जाँदा मतदाताहरूले मलाई चुनाव खर्च भनेर पैसा दिइरहेका छन्। उम्मेदवारले पैसा बाँडेर भोट माग्छन् भन्ने सुनिन्छ। मलाई त उल्टै पैसा दिइरहेका छन्।
पुनले चन्दाको सबै हिसाब किताब प्रस्टसँग सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पैसामात्र नभई धेरै जसो गाउँमा खान बस्न पनि जनताले नै स्पोन्सर गरेको उनले उल्लेख गरेका छन् ।


