भदौँ ३१ म्याग्दी । टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती, घट्ट निवासी ३१ बर्षिय प्रकाश बरुवालको उपचारमा सहयोगको अपिल गरिएको छ ।
रोजगारको शिलसिलामा दुबईमा रहेका बेला अकस्मात टाउकोमा नसा सम्बन्धि गम्भिर स्वास्थ्य समस्याबाट पिडित भई सल्यक्रिया मार्फत उपचार भैरहेको र हाल नेपालमा पुनः सल्यक्रिया सहितको उपचार गर्नुपर्ने छ ।
उपचारमा ठूलो आर्थिक स्रोत जुटाउनुपर्ने भएकाले निजको परिवारको आर्थिक अवस्था कमजोर छ । देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सहयोगको लागि आफन्तजनले अपिल गरेका छन् ।
बरुवालको दुबइको जेबेल अली अस्पतालमा टाउकोको सल्यक्रिया गरिएको थियो । हाल पोखरामा थेरापी उपचार गराइरहनुभएका बरुवालको टाउकोको हड्डी पुनः राख्नका लागि सल्यक्रिया सहितको उपचार गर्नुपर्ने भएकाले सहयोगदाताबाट सहयोगको अपिल गरिएको उहाँकी श्रीमती रेखा कार्की बरुवालले बताउनुभयो । घरमुली रहनुभएका बरुवाल आफै विरामी भएको र परिवारको अन्य आम्दानीको स्रोत नभएपछि उपचारमा समस्या भएको हो ।
साना छोराछोरी रहेको बरुवालको आम्दानीको स्रोत केहीपनि छैन् । स्वदेश तथा विदेशमा रोजगार र ब्यवसायको शिलशिलामा रहनुभएका राखुबासीसहित म्याग्देलीहरुलाई अस्पतालको बेडबाट म बाच्न चाहन्छु भन्दै बरुवालले सहयोगको अपिल गरेका छन् ।




