यूएईको रस–अल खेमाहमा चौथो एनबिसी–राक ब्याडमिन्टन च्याम्पियनसिप हुने
काेराेला पोस्ट ७ पुस २०८१, आइतबार

यूएई, २१ डिसेम्बर । यूएईको रस–अल खेमाहमा चौथो एनविसी–राक ब्याडमिन्टन च्याम्पियनसिप २०२५ हुने भएको छ।

स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ नेपाल ब्याडमिन्टन कम्युनिटी (एन.बि.सि) यूएई रस–अल खेमाहको आयोजनामा आगामी जनवरी १२ राक मेडिकल तथा स्र्पोट क्लव रसलखेमाहमा हुने भएको हो। प्रतियोगितामा ३० देखि ३५ टिमको सहभागिता हुने छ।

१६० डिराम प्रवेश शुल्क रहेको प्रतियोगितामा एडभान्स, ईन्टरमिडिटेड र विगिनर गरि तीन तहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा बिधामा प्रथम र दिप्तृय हुने टोलिलाई नगद र टर्फीले सम्मान गरिने छ।

रोजगार र ब्यवसायको शिलशिलामा यूएईमा रहेका नेपालीलाई ब्याडमिन्टन खेलाडिलाई प्रतियोगितामा सहभागि हुन नेपाल ब्याडमिन्टन समूह युएई रस–अल खेमाहका प्रतिनिधि किरन खत्रीले बताउनुभयो ।