यूएई, २२ मार्च । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) यूएई शाखाले रोजगार र ब्यवसायको शिलशिलामा युएईमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन आग्रह गरेको छ। मोना युएईको मासिक बैठकले यूएईमा रहेका म्याग्देलीलाई मोना शाखामा आबद्ध हुन आग्रह गरेको हो ।
शाखा अध्यक्ष सुवास राम्जालीले म्याग्देलीको साझा संस्था मोना भएकोले युएईमा भएका सबैले सदस्य लिएर संस्थालाई बलियो बनाउन आग्रह गर्नुभएको छ । “ पछिल्लो समय युएईमा आएका म्याग्देलीलाई मोना आवद्ध गराउने बैठकले निर्णय गरेको छ, सदस्यता संख्या बढाउन संस्थाका पदाधिकारी, सल्लाहकार, साधारण सदस्य सक्रिय भएर लाग्नुपर्र्छ”,– अध्यक्ष राम्जालीले भन्नुभयो।
“दुखमा मात्र मोना खोज्नुहुदैन्। म्याग्देलीलाई रोजगार र ब्यवसायको शिलशिलामा आईपर्ने समस्याहरुलाई सामुहिक रुपमा हल गर्ने र जिल्लाको सामाजिक क्षेत्रमा सहयोग भित्र्याउन संस्थामा धेरै भन्दा धेरै सदस्यहरु आवश्यक छ ।”
आगामी महिनामा हुने मोना युएईको मासिक बैठकमा सबै म्याग्देली उपस्थित गराउन सबै सक्रिय हुन् मोना युएईका पुर्वअध्यक्ष एवम् युवा ब्यवसायी प्रकाश कार्कीले आग्रह गर्नुभएको छ। म्याग्देलीलाई गोलबद्ध गर्ने उद्देश्यले २०१६ मा मोना युएईको स्थापना भएको थियो ।




