दुबैः ११ मार्च । युएई भ्रमणमा आउनुभएका म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष दधिवल खड्कासंग मोना युएईले अन्तरक्रिया कार्यक्रम गरेको छ। जापानमा कर्म थलो बनाएका नवनिर्वाचित मोनाका अध्यक्ष खड्कालाई मोना यूएईले स्वागत एवम् सम्मान कार्यक्रम गरेको छ ।
खड्कासंगै यूएई भ्रमण आउनुभएका मोना जापानका सल्लाहकार राम खड्का, मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ, पर्वत समाज जापानका निवर्तमान अध्यक्ष जनक सुवेदी, जापानका ब्यवसायी महेश खड्का र दिपेश खनाल, पत्रकार गोकर्ण अधिकारीलाई स्वागत एवम् सम्मान गरेको थियो ।

पत्रकारितामार्फत म्याग्दीको सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पत्रकार हरिकृष्ण गौतमलाई कार्यक्रमका प्रमुख अतिथि खड्का मोना यूएईका अध्यक्ष सुवास राम्जालीले प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष खड्काले यूएईमा भएका म्याग्देलीलाई आउने हरेक समस्यालाई समाधान गर्न अन्तर्राष्ट्रिय कार्यसमिति तत्पर रहेको बताउनुभयो । उहाँले संस्थामा आवद्ध हुन म्याग्देलीलाई आग्रह गर्नुभएको थियो । उहाँले विदेशमा कमाएको पुँजी र सिपलाई म्याग्दीमा लगानी गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
यूएईका अध्यक्ष राम्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष तथा मोना यूएईका संरक्षक, ई. नन्द गर्वुजा, मोना जापानका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, पत्रकार गोर्कण अधिकारी, हरिकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो । मोना यूएईका कार्यसमिति र सदस्य उपस्थित भएको कार्यक्रमको संचालन महासचिव काजीमान बुढाथोकीले गर्नुभएको थियो ।




