मोनाका अध्यक्ष खड्का यूएईमा
काेराेला पोस्ट २७ फाल्गुन २०८०, आइतबार

युएई, ९ मार्च । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष दधिवल खड्का युएई आउनुभएको छ।

अध्यक्ष खड्कासंगै मोना आईईसीका सल्लाहकार राम खड्का, मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ, ब्यवसायी महेश खड्का, दिपेश खनाल र पत्रकार गोकर्ण अधिकारीलाई दुबैको अन्तरािष्ट्रय एयरपोर्टमा मोना युएईको कार्यसमितिले स्वागत गर्नुभएको थियो ।

स्वागत कार्यक्रममा मोना आईईसीका उपाध्यक्ष ई. नन्द गर्वुजा, मोना युईएका अध्यक्ष सुवास राम्जाली, संस्थापक अध्यक्ष प्रदिप सुवेदी, निर्वतमान अध्यक्ष प्रकाश कार्की, लगायतको उपस्थित भएको थियो ।

आईतबार रोजगार र ब्यवसायको शिलशिलामा यूएई आएका म्याग्देलीहरुसंग म्याग्दीमा उद्योग स्थापना गर्ने, मोनाका अधुरा विगतका योजनालाई पूर्णता दिने लगायतको विषयमा छलफल हुने मोना युएईका बरिष्ठ उपाध्यक्ष किरन खत्रीले बताउनुभयो ।