बेनी, ६ पुस । सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले ३१ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो ।

विद्यालयका प्रिन्सिपल डिवि दाहालले शैक्षिक सत्र २०७९ को वार्षिक प्रगति प्रतिबेदन र आगामी शैक्षिक सत्रको नीति योजना तथा कार्यक्रमबारे प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक निर्देशक हरिकृष्ण श्रेष्ठले ३१ औं वर्षसम्म आउन अभिभाबक, विद्यार्थी, शिक्षक र सुभचिन्तकहरुको साथ रहेकोले बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख र विभिन्न विद्यालयका प्रअहरुको उपस्थित रहेको थियो ।





