एक हजार पाँच सय मिटर दौडमा प्रकाश माविका ईश्वर न्यौपाने र मन्जिता दमैले स्वर्ण जिते
काेराेला पोस्ट २८ मंसिर २०८०, बिहिबार

बेनी, २८ मंसिर । बेनी नगरपालिकाको आयोजना खुल्लामञ्चमा संचालित नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फको एक हजार पाँच मिटर दौडको छात्र र छात्रा दुवैतर्फ प्रकाश माविका सहभागि विद्यार्थीले स्वर्ण जितेको छन् ।

२१ विद्यालय सहभागि भएको एकहजार पाँच सय मिटर दौडमा प्रकाश माविका ईश्वर न्यौपाने र मन्जिता दमैले स्वर्ण जितेका हुन् ।

छात्रतर्फ जामुनाखर्क माविका मन्दिप विकले रजत, गलेश्वर माविका सन्देश विकले कास्य जितेका थिए ।

त्यस्तै छात्रातर्फ बेनी सामुदायिक माविकी केशर कुमारी बानियाँ रजत र राष्ट्रिय माविकी अन्जली खत्रीले कास्य जितेकी थिईन ।

२५ विद्यालयको सहभागिता रहेकोे नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले गर्नुभएको थियो ।