मोना अस्ट्रेलियाद्वारा फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
काेराेला पोस्ट ५ आश्विन २०८०, शुक्रबार

म्याग्दी, ५ असोज । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दी जेसीजको समन्वयमा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा फोटो प्रतियोगिताका विजेता ,उपविजेता र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण ,म्याग्दीका अग्रज फोटोग्राफर, एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने प्रकाश माविका समिर सुवेदी लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै जिसस सभाहलमा म्याग्दीका विभिन्न धार्मिक तथा ऐतिहासीक पर्यटकीय स्थलहरुको फोटो समेत प्रर्दशनी गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनुभएका अन्नपुर्ण गाउँपालिका–५,शिखका गणेश गुरुङ (सुरेन), द्वितिय हुनुभएका बेनी नगरपालिका –५, का अनुप बानियाँलाई क्रमश नगद रु. २० हजार १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रले पुरस्केृत गरिएको थियो । त्यसैगरी तृतिय र सान्त्वना स्थान हासिल गर्ने क्रमश: रघुगंगा गाउँपालिका– ३, पिप्लेका भविन्द्र शाही र बेनी नगरपालिका– ७,की रेन्जिसा श्रेष्ठलाई पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

त्यस्तै एसईईमा जिल्ला टपर सुवेदीलाई १५ हजार नगद सहित सम्मान गरिएको छ । भने अंगद श्रेष्ठ, अमर बानियाँ ,प्रकाश कुमार श्रेष्ठ, सन्जयकुमार श्रेष्ठ, भोजबहादुर रिजाल ,सन्तोष महत र मोना अन्तर्राष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्कालाई सम्मान गरिएको छ ।

जिसस प्रमुख थापा ,मोना अष्ट्रेलिया अक्षयकोषका संरक्षक दिपेन्द्र श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मानपत्र हस्तान्त्तर गर्नुभएको थियो । गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको थियो । सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत तस्बिरहरु सार्वजनिक गरिएको थियो ।

मोना अस्टे«लियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय स्थलको तस्विर संकलन गरेको थियो । प्राप्त भएका फोटोहरु मोना अस्टे«लीयाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको थियो । साउन ३० गतेसम्म सञ्चालित कार्यक्रममा १३९ जना सहभागी भएका थिए ।