राखु भगवती, १ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ स्थित सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ।
स्व. दिल कुमारी खत्री स्मृतिमा विद्यालयमा स्थापना गरिएको एक लाख रुपैयाँ अक्षयकोषबाट बार्षिक प्राप्त ब्याज १४ हजार ४८५ रुपैयाँबाट स्टेशनरी सामाग्री खरिद गरेर वितरण गरिएको हो ।

उक्त रकमको छात्रवृत्ति उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीका साथै विपन्न र जेहेन्दार छात्र–छात्रा २० जनालाई छात्रवृत्ति र तिज गित प्रतियोगितामा प्रथम द्धित्तिय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्र.अ. तोरणबहादुर श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितका अध्यक्ष नन्दबहादुर केसी, प्रअ श्रेष्ठ, अक्षकोष स्थापना गर्ने झलक खत्री र मिलन खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष गोर्कण थापा, शिक्षक लगायतको उपस्थितमा छात्रवृति वितरण गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, विद्यार्थीको सयुक्त आयोजनामा भएको दर कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गित प्रस्तुत गरेका थिए ।




