म्याग्दी ५ भदौ । स्वर्गिय बुवाको सम्झनामा युएईमा ब्यवसाय गर्दै आउनुभएका रघुगंगा गाउँपलिका– २ भगवतीका प्रकाश कार्कीले ब्रेन ट्यूमर पीडित हरी दमाईलाई आर्थिक सहयोग गर्नुभएको छ।
उहाँले स्वर्गिय बुवा केशर कार्कीको चौथो बार्षिक स्मृतिको अवसरमा टाउकोमा ब्रेन ट्यूमर रोगबाट पीडित भगवतीका ३५ बर्षिय हरि दमाईको उपचारमा १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई उपचारमा आर्थिक समस्या भएको समाचार अनलाईनमा आएपछि युएईमा ब्यवसाय गर्दै आउनुभएका काकीले ब्रेन ट्यूमर पीडित हरीकी श्रीमती मनबुजा परियारकोा प्रमु बैंकमा रहेको खाता सो रकम पठाउनुभएको थियो । उहाँले विगत विभिन्न ब्यक्तिको उपचार र सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
रोजगारका लागि कतार पुगेको ६ महिनामा उहाँको टाउकोमा समस्या बढ्दै गएपछि घर फर्किर पोखरास्थित गण्डकी अस्पताल पोखरामा उपचार गराउँदै आउनुभएको थियो ।
उपचार(अप्रेशन) प्रश्चात टाउँकोमा ब्रेन ट्यूमर भएको समस्या डाक्टरले पत्ता लगाएपछि थप उपचारका लागि काठमाडौंस्थित क्यान्सर सेन्टरमा रिफर गरेको उहाँले बताउनुभयो।

गम्भिर रोग लागेको भाईलाई थप उपचारका लागि मंगलबार काठमाण्डौ लाने तयारी गरेको दाजु गोविन्द्र दमाईले बताउनुभयो । घरको आर्थिक अवस्था कमजोर छ, पोखरामा उपचार गर्दा साढे तीन लाख खर्च भयो, थप उपचारका लागि काठमाण्डौ रिफर गरेको छ”, उहाँले भन्नुभयो ।
“डाक्टरका अनुसार काठमाण्डौस्थित क्यान्सर सेन्टर अस्पतालमा पनि ६ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने भनेको छ, आर्थिक अभावका विच थप उपचारका लागि अस्पताल लैजादै छु, उपचारमा सबैको आर्थिक सहयोगको अपेक्षा गरेको छु ।”
उपचारमा लाग्ने ठुलो रकम घरको आर्थिक अवस्थाले जुटाउन नसकेको हुदाँ विभिन्न सामाजिक संघसंस्था तथा स्वदेश तथा विदेशमा रहेका दाजुभाई र दिदीबहिनीलाई आर्थिक सहयोग गरिदिन उपचारत हरी दमाईले आग्रह गर्नुभएको छ । उहाँको श्रीमतिसहित साथ दुई साना छोराछोरी छन् ।
हरी दमाईको सम्र्पक नम्वर : ९८१३७००९५३ (9813700953)
खातानम्वर प्रभु बैंकमा
Prabhu Bank : Manbuja pariyar 0560239340500010




