म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा जीप दुर्घटना भएको छ। घारखोला जलविद्युत आयोजना (१४.२मेगावाट) को बा १८ च ८५९० नम्वरको बोलेरो जीप दर्घटना हुदाँ आयोजनाका लेखापाल शुरेश पराजुली गम्भिर घाईते भएका छन् ।
आयोजनाको पोखरबगरेस्थित कार्यालयबाट सोही वडाको अमिलाकाफलस्थित आउटलेटमा जानेक्रममा घुम्तीमा गाडी घुमाउन खोज्दा ब्रेक फेल भै नालीमा पल्टेको थियो ।
घाईते पराजुलीलाई घार स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा हुदैँ काठमाण्डौ लगिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जीपमा घाईते पराजुलीसहित ५ जना सवार थिए । अन्य चारजनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।




