धान गोड्नमा व्यस्त किसान (फोटोफिचर )
काेराेला पोस्ट २१ श्रावण २०८०, आइतबार

म्याग्दी, २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगतवीका कृषकहरु असारमा रोपेको धान खेतीलाई सामुहिक रुपमा गोड्दै । अर्मपर्ममार्फत खेत गोडमेल प्रचलन हट्दै गएको छ।

गाउँमा अर्मपर्म भन्दा ज्यालामार्फत खेती लगाउने र गोडमेल गर्ने चलन बढेको छ। समयमा मनसुन नहँुदा र सिँचाईको अभावले धान खेतमा अनावश्यक झारहरु बढी उम्रिएपछि छिटो गोडेमेल गर्न सुरु गरेका हुन् ।

गाउँका युवायुवती रोजगारीको लागि अन्य मूलुक जाने बढेपछि काम गर्ने मान्छे र सिचाईको अभावले पछिल्लो समये धान खेत बाँझो हुने क्रम बढ्दो छ । तस्विर :धीरनबहादुर खत्री