बरंजाका वडासदस्य हरी पुन किवि खेतीमा
काेराेला पोस्ट १० श्रावण २०८०, बुधबार

म्याग्दी, १० साउन । म्याग्दीको मंगला गाउँपालिका वडानम्वर ४ बरंजाका वडासदस्य हरी पुनले व्यवसायिक रुपमा किवि खेतीमा अघि बढाउनु भएको छ। वडाको जिम्मेवारीमा समेत रहनुभएका धापुङका पुनले ब्यवस्थित रुपमा लगाएका २० विरुवा मध्ये केही विरुवाले राम्रो उत्पादन गरेपछि विस्तार गर्ने योजना हुनुहुन्छ ।


उहाँले लगाएको किवि खेती ब्यवसायीक रुपमा आगामी दिन बढाउने योजनामा रहेको बताउनुभयो । ‘किवि खेतीसंगै गरेको अलैची खेतीमा सिँचाईको अभावले राम्रो हुन सकेको छैन् । किविसंगै आलु लगायतको नगदे तरकारी खेती गर्दै आएको छु’– उहाँले भन्नुभयो । धापुङमा उहाँजस्तै अन्यले किवि खेती लगाउनुभएको छ।

वडानम्वर ४ का वडाअध्यक्ष लालबहादुर रोकाले वडाभित्र किविसंगै आलु र सुन्तला खेतीलाई प्राथमिकता दिएको बताउनुभयो । आगामी दिनमा वडाभित्र कृषकले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागि सडक लगायतको पूर्वाधार निर्माणमा ध्यान दिने उल्लेख गर्नुभयो ।