धौलागिरि हिमालको काखँमा मिलेर बसेको मुदी गाउँ (फोटोफिचर)
काेराेला पोस्ट १६ असार २०८०, शनिबार

म्याग्दी, १६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित मुदी गाउँ । संसारको सातौं अग्लो धौलागिरी हिमालको काखँमा घुचुप्प मिलेको बस्ती रहेको मुदी गाउँ परम्परागत शैलीका घरहरुले चिटिक्क देखिन्छ ।

स्लेट ढुङ्गाले छाना छाएका बाख्ला घर वस्तीले चिटिक्क देखिन्छ । यहाँ पछिल्लो समय सडक सुविधा पुगेपछि पक्की ढलानको घर पनि बनाउन थालेका छन् ।

मगर समुदायको बाहुल्यता रहेको मुदीमा मगर कलासस्कृतिले भरिपूर्ण छ । मुदी गाउँमा दुई सय ४६ घरपरिवार रहेको समाज अगुवा सबहादुर घर्तीले बताउनुभयो ।
धौलागिरि चक्रिय पदमार्गको प्रस्थान विन्दुको रुपमा मुदीलाई चिनिन्छ । तस्विर ः धीरनबहादुर खत्री