म्याग्दी २१ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना । अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र वराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरना नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गको पदयात्रामा हिड्ने पर्यटकको आकर्षणमा परेको छ।

आधार शिविर जाने पर्यटकलाई माथिबाट खसेको झरना र पानीको नीलो तालको अवलोकन गर्दै रमाउने गरेका छन् । झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटक लोभिन्छन् । झरनाको सुन्दरताले पर्यटकको थकान मेटाइदिन्छ । हुमखोलाबाट एक घण्टाको पैदल यात्रामा झरनामा पुग्न सकिन्छ । तस्विर ः धीरन खत्री




