बेनी, १४ बैशाख । । लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो ।
कार्यसमितिको निवर्तमान अध्यक्षमा नन्दकुमार पाइजा, प्रथप उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, द्धितिय उपाध्यक्षमा बामदेव रिजाल, सचिवमा दुर्गा बुढा मगर ,कोषाध्यक्षमा ललिन्द्र थापा मगर, मेम्बर सिप चेयर पर्सनमा दिपक श्रेष्ठ ,सर्भिस चेयर पर्सनमा रमेश फगामी, मार्केटिङ चेयर पर्सनमा मिलन कुमार श्रेष्ठ, डाइरेक्टरहरुमा कुमार बानियाँ, लक्षमण शर्मा, श्याम थापा र भुवन सुवेदी चयन हुनुभएको सचिव दुर्गा बुढा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एमजेएफ राजेश शाक्यले व्यक्तिको नेतृत्व विकास र सामाजिक सेवाका लागि लायनवाद एउटा राम्रो माध्यम बन्न सक्ने बताउनुभयो । क्लवले विगतदेखि नै सामाजिक क्रियाकलापमा उत्कृष्ट काम गर्दै आइरहेको बताउनुहुँदै त्यसलाई निरन्तरता दिन समेत नयाँ कार्यसमितिलाई आग्रह उहाँले गर्नुभयो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन खम थापा मगरले व्यक्तीको नेतृत्व विकास संगै सामाजिक सेवाका क्षेत्रमा समेत क्लवले महत्वपुर्ण भुमिका खेल्दै आइरहेको बताउनुभयो ।
साथै क्लवले पत्रकारिता मार्फत योगदान पु¥याएको भन्दै पत्रकार साधन राम्जालीलाई नगद सहित सम्मान समेत गरेको छ ।




