धारापानीबाट देखिएको हिमाल
काेराेला पोस्ट २४ चैत्र २०७९, शुक्रबार

म्याग्दी, २४ चैत । धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्ग अन्तरगत पर्यटकिय गाउँको रुपमा धारापानी विकसित हुँदै गएको छ । सडक वारीपारी परम्परागत मौलिक ढुङ्गे घरसंगै पृष्ठभूमिमा देखिएको हिमालले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ। तस्विर : धीरन खत्री