म्याग्दी, २५ फागुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ठुलो परिणामको लागु औषधसहित दुई जनालाई प्रकाउ गरेको छ। प्रहरीले बेनी नगरपालिकाको कालिपुलबाट बुधबार साँझ लागु औषध ६ सय एम्पुलसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।
बेनीबाट लागु औषध कारोबारमा प्रक्राउ परेका २८ बर्षिय सोविता बागदास र ३२ बषिर्य प्रेम सार्कीबाट डाईजोपाम दुई सय एम्पुल, फेनेरागन दुई सय १ एम्पुल, नुर्फिन दुई सय एम्पुल बरामद गरिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।
प्रहरीले रघुगंगा गाउँपलिका ७ चिमखोला स्थायी ठेगना भएकी पर्वतको जलजला गाउँपालिका २ बौर बस्ने २८ बर्षिय बागदास र बेनी नगरपलिका ९ घतान घर भई पर्वत बस्ने ३२ बर्षिय सार्कीलाई बुधबार साझँ कालीपुल बसपार्कमा लागु औषधी दुई जनालाई पक्राउ गरेको थियो । लागु आषैधसहित प्रक्राउ परेका दुईजनाले नवलपरासीको नाकाबाट लिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताए । लागुऔषध सहित नियन्त्रणमा लिएका बागदास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

म्याग्दीमा पछिल्लो समय लागु आषैध प्रयोग गर्ने संख्या बढेको सूचनाको आधारमा लागुऔषध प्रयोगकर्ता र कारोबारकर्मीको खोजीतर्फ अनुसन्धान र जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको कुँवरले भने । उनले १५ दिनको अवधीमा लागु औषध ट्यावलेट, खैरोहिरोईन र डाईजोपाम सहित ३ जना समुहलाई फरकफरक ठाउँबाट प्रकाउ गरिएको जानकारी दिए। यही फागुन १६ गते भारतको पश्चिम बंगालको हाल पोखरा बस्ने २८ बर्षिय अलेमुन हकलाई बेनी नगरपालिका ८ कालिपुलबाट खैरो हिरोईन ६.५ ग्राम सहित प्रकाउ गरेको थियो । त्यस्तै, फागुन ११ गते लागु औषध सहित रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारी बस्ने १९ बर्षिय युवा मुस्ताफा खानलाई तीन सय ९३ ट्यावलेट नाईट्राभेट लागूऔषधसहित प्रहरी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले जिल्ला अदालत कार्यालयबाट कर्तव्य ज्यान, लागूऔषध, सवारी ज्यान, बैकिङ कसुर लगायत विभिन्न मुद्दामा फरार २२ जना कसुरदारलाई पक्राउ गरीएको छ । पक्राउ परेका कसुदारबाट २५ बर्ष १ महिना २३ दिन कैद र १७ लाख ६६ हजार ३७५ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधीमा जातिय छुवाछुत, लागु औषध, शान्ति सुरक्षा, लैगिंक हिंसा, घरेलु हिंसा, ट्राफिक सचेतना, साईवर क्राईम र आत्मरक्षासम्वन्धी ३० वटा कार्यक्रम गरिएको जानकारी दियो ।




