म्याग्दी, ११ फागुन । लागु औषधी लिएर म्याग्दी आएका रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारी बस्ने १९ बर्षिय युवा मुस्ताफा खानलाई प्रकाउ गरेको छ।
छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट गोप्य सूचनाको आधारमा नेपाल कम्युनिष्ट पाटी म्याग्दीले लागु औषध सहित खानलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाएको हो । पक्राउ परेका खानसहितको नेकपाले फोटो सार्वजनिक गरेको छ।
म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन ढकालले नाइट्राज्याम नाम लागु औषध ३९३ पिस सहित प्रकाउ गरेको विज्ञप्तीमा उल्लेख छ ।





