म्याग्दी, २० पुस । कालीगण्डी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीमा पर्यटक आगमन बढाउन कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ संचालन गरिएको छ। जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो ।
कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मंगलवारदेखि औपचारिक रुपमा नियमित ¥याफ्टिङ सञ्चालन भएको छ। पहिलो दिन गलेश्वरदेखि बेनीसम्मको करिब ३ किलोमिटर दुरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायि पुनले बताए । कालीगण्डकी नदीमा नियमित रुपमा ¥याफ्टिङ सञ्चालन भएमा विभिन्न जिल्लाबाट भ्रमणमा आउने पर्यटकहरुलाई समेत थप आकर्षण र बसाई लम्ब्याउन सहयोग पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताए । ¥याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीमा नीरन्तर जलयात्रा गर्न सकेमा पहाडी भूगोल र टटिय क्षेत्रका बस्तीको अवलोकनले थप रोमान्चक हुने पर्यकहरुको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताए । ‘कालीगण्डकी नदीमा राम्रो संभावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ । ’
गलेश्वर देखि सुरु भइ बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको संभावनालाई उजागर गर्न म्याग्दी उद्योग वाणिज्य संघले यस अघिको महोत्सवमा ¥याफ्टिङको सम्भावनाको उजागर गरेको शाक्यले जानकारी दिए । गलेश्वर देखि बेनीको खुल्ला मञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि एकहजार दुई सय रुपैयाँ शुल्क तोकिएको छ । अहिले तत्कालका लागि दुई वटा ८÷८ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भएपनि यात्रु र पर्यटकहरुको चाहना बमोजिम मालढुङ, नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनी देखि मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ ।
सलल बगेको कालीगण्डकीको बहाव र छालमा नदी किनारका दृष्य अवलोकनसंगै ¥याफ्टीङ गर्दा साहासीक एवं रोमाञ्चक हुने भएकाले ¥याफ्टीङमा जलयात्रा गर्न युवायुवति आकर्षित हुने गरेका छन् । यस क्षेत्रको जलयात्रालाई प्रचार प्रसार गराउन सकेमा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बढाउन र बसाई लम्ब्याउन सहयोग पुग्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘¥याफ्टिङले जिल्लाको पर्यटन प्रवद्र्धन संगै रोजगारि समेत सृजना गर्ने भएकाले ईच्छुक युवाहरुलाई ¥याफ्टिङ व्यवसायिहरुसंग समन्वय गरि आवश्यक तालिम दिन आवश्यक देखिन्छ ।




