महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता
काेराेला पोस्ट १८ पुस २०७९, सोमबार

बेनी, १८ पुस । म्याग्दी उद्योग वाणिज्य संघको आयोजना २८ पुस देखि ७ माघसम्म संचालन हुने सातौँ म्याग्दी महोत्सवमा पालिकास्तरी पुरुष तथा महिला भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । भलिवलसंगै पुरुष बास्केटबल, लोकदोहोरी, लठो तान्ने, रत्यौली, छेलो फाल्ने लगायतको प्रतियोगिता महोत्सवमा आयोजना गरेको हो ।

महोत्सवमा पालिका स्तरीय भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। महिला भलिबलमा प्रथम द्वितिय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ५५ हजार ५५५ रुपैयाँ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार विजेताले पाउनेछन् ।

महोत्सवको लोकप्रिय कार्यक्रमको रुपमा रहेको आयोजना लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश एक लाख ११ हजार ११ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । एक समुहमा २÷२ जना केटाकेटीको सहभागि हुने छन् । पहिलो चरण पार गर्ने लोकदोहोरी कलाकारले दैनिक २ हजार भत्ता पाउने छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ को तयारी तथा प्रचारप्रसारलाई आयोजकले तिव्रता दिएका छन् ।