दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ध्रुब जिसी
काेराेला पोस्ट २९ मंसिर २०७९, बिहिबार

म्याग्दी, २९ मंसिर । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको १६ औँ बार्षिक साधारण सभा एवम् सातौ जिल्ला अधिबेशनबाट ध्रुव जिसीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरिएको छ।

बुधबार बेनीमा भएको अधिवेशनबाट कार्यसमितिको निबर्तमान अध्यक्षमा देबेन्द्र घिमिरे, प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पतम विश्वकर्मा, महिला उपाध्यक्षमा देबी जि.सी. सचिवमा बिजु केसी, कोषाध्यक्ष मिलन विश्वकर्मा, सह–सचिव सुनिल बानियाँ र सह–कोषाध्यक्षमा नारायण पौडेल सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा बलबहादुर परियार, शंकर पौडेल, जीवन कार्की, तोपबहादर कार्की, रामकुमारी पुन, विजय परियार र राजकुमार परियार चयन भएका छन् ।