म्याग्दीमा मतगणना जारी : गठबन्धनको अग्रता
काेराेला पोस्ट ६ मंसिर २०७९, मंगलबार

म्याग्दीमा प्रतिनिधिसभा तथा प्रधेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयमा सोमबार राती सभा ९ बजेदेखि मतगणना भएको हो । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले धवलागिरी गाउँपालिका १ गुर्जाको मतपेटिकाको मत खनाएर गणना सुरु गर्नुभएको हो । म्याग्दीमा ५० हजार ६२५ मत खसेको थियो ।

प्रतिनिधि सभा र प्रदेश सभा तर्फको धवलागिरी गाउँपालिका–१ गुर्जा र २ लुलाङको मतगणना सम्पन्न गरेको छ। गुर्जा र लुलाङमा १ हजार २८ मत गन्दा गठबन्धनले अग्रता बनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनतर्फबाट नेपाली कांग्रेस र नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठको प्रतिस्पर्धा देखिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ गठबन्धनको तर्फका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक र नेकपा एमालेका नेता याम गर्वुजा विच मूख्य प्रतिस्पर्धामा रहेको छ।
म्याग्दी निर्वाचन अपडेटः
प्रतिनिधि सभा सदस्य निवार्चन क्षेत्र १
रुख ५७६
सूर्य ४०८
हलो ९
कुखुरोको भाले ४
लाटोकसेरो २
गोलाकार भित्रको घण्टी १०
पुतली १
क्रस खुकुरी ०
बदर मत १०
जम्मा खसेको मत १०२९
प्रदेशसभा निर्वाचन क्षेत्र २
हसियाँ हथौडा ः ६०२
सूर्य ३८४
तीर १
कुखुराको भाले १४
हलो ११
पानीको धारा ३
बदर १३
जम्मा मतगणना १०२८