म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरेका छन् ।
सभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा( खमविर)ले देशको अस्तित्व जोगाउन वाम लोकतान्त्रिक गठवन्धन भएको बताउदै संविधान, जनता र राष्ट्रियताको पक्षमा गठबन्धनलाइ मतदान गर्न राखुबासीलाई आग्रह गर्नुभयो । उहाँले रघुगंगामा खानेपानी, सडक र गुठी समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रघुगंगाको वडा नं. १ बेग, २ राखु भगवती, २ पिप्लेमा एक घर एक धारा खानेपानी आयोजनालाई पूर्णता दिई जनतालाई जिवनस्तरमा सुधार आउने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।
‘यहाँको सबै समस्या संग जानकार छु, म निर्वाचित नहुँदा पनि विभिन्न विकास निर्माण आयोजना भित्राएको यहाँहरुलाई अवगत नै छ । यस पटक हाम्रो गठबन्धनलाई जिताउनुभयो भने, यहाँको समग्र विकासको जिम्मा हामी लिन्छौँ ।’ उम्मेद्वार गर्बुजाले भन्नुभयो । ‘चिमखोलाबाट भगवतीमा खानेपानी ल्याउने आयोजनालाई पूर्णता दिने, यस क्षेत्रमा रहेको गुठी समस्यालाई समाधान गर्न पहल गर्ने जनाउनुभएको छ ।’
आमसभालाई सम्बोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क)का उम्मेदवार हरि भण्डारीले गलेश्वर, पिप्ले, भगवती, बेग जोड्ने सडकलाई कालोपत्रे गर्ने योजनाको डिपिआर गर्ने काम आफ्नै अगुवाईमा भएको स्वमरण गराउदै अधुरो रहेको उक्त योजनालाई छिटो सम्पन्न गराउन भुमिका खेल्ने बताउनुभयो ।
यस क्षेत्रको सडक पूर्वाधार निर्माण, रुईसे क्षेत्रको पर्यटन विकास, कृषि, शिक्षा युवा सशक्तिकरण र समाजिक गतिविधिमा विगतमा जस्तै आगामी दिनमा पनि ध्यान दिने सभामा जनाउदै गठबन्धको पक्षमा मतदान गर्न आग्रह गर्नभयो । ‘यहाँ गुठी प्रमुख समस्या रुपमा रहेको छ, प्रदेश सभामा पुग्ने अवसर मिलेमा त्यसको लागि आवश्यक निति निर्माण गरि समाधान गर्न म प्रतिबद्ध छु, यस क्षेत्रको सम्रग विकास र युवाहरुलाई आत्मनिर्भर बनाउने मेरो अर्को प्राथमिकता हो ।’ उम्मेद्वार भण्डारीले भन्नुभयो ।
ग्रामिण क्षेत्रमा शिक्षा, स्वाथ्य, खानेपानीको अवस्थामा सुधार गर्दै अत्याआवश्यक सेवा सुविधालाई बिस्तार मार्फत गाउँलाई नै शहर बनाउने कृषि र पशुपालनलाई आधुनिकरण र ब्यवसायीकरण गर्दै उधमशिलताको विकास गरी जन्मथलोमा नै आत्मनिर्भर बनाउने उहाँले सभामा भन्नुभएको थियो ।
आमभसामा प्रदेशसभा निर्वाचन क्षेत्र (क)का का सांसद विनोद केसी, नेकपा माओवादीका प्रतिनिधि सभा सदस्यका समानुपातीका उम्मेद्वार मिन श्रेष्ठ, नेपाली कांग्रेसका उप–सभापती कर्णबहादुर भण्डारी (केबि), याम श्रेष्ठ, कांग्रेसका नेता हिमान्सु खड्का, नेकपा माओवादी केन्द्रका युवा नेता रेशम के.सीले मन्तव्य राख्नुभएको थियो । नेकपा माओवादीका जिल्ला सदस्य नर बहादुर भण्डारीको अध्यक्षता, स्वागत रघुगंगाका ईन्चार्ज रिम कटुवाल र संचालन नेपाली कांग्रेस क्षेत्र १ का उपसभापति सुजन बरुवालले गर्नुभएको थियो




