म्याग्दी, ९ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित रहेको संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर । उक्त आधार शिविरमा हङकङमा बसोबास गर्ने म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको प्रतिनिधिमूलक टोली आधार शिविर पुगेर फर्किएको हो ।

प्राकृतिक रुपमा सुन्दर क्षेत्र रहेको आधार शिविर क्षेत्रमा व्यवस्थित पदमार्ग, पर्यटकका लागि आवास र सञ्चारको सुविधाको व्यवस्था गर्न सकेमा धौलागिरि पदयात्रामा विश्वभरका पर्यटक ल्याउन सकिने मोना हङकङका अध्यक्ष कर्ण पुनले बताए ।




